Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

सभामुख माओवादी गुरिल्लाका रूपमा प्रस्तुत भएको एमालेको आरोप

काठमाडौं  :  प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख निरंकुश र एकपक्षीय ढंगले चलेको भन्दै कुनै पनि बेला संसदमा अप्रिय घटना हुने चेतावनी दिएको छ । शुक्रबार दोस्रोपटक एमालेको अवरोधका बीच सदनको कारवाही अघि बढाएर १५ मिनेट स्थगन गरेका सभामुखले प्रमुख विपक्षसँग छलफल गरेका छैनन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखका कारण अप्रिय घटना हुन सक्ने चेतावनी दिए ।

 

भट्टराईले नेपाल प्रेससँग भने, ‘सभामुखमा जनयुद्धकालीन गुरिल्लाको अनुहार प्रकट भएको छ । प्रतिपक्षसँग परामर्श नगरी एकलौटी ढंगले माओवादी कार्यकर्ताको भूमिकामा प्रस्तुत हुने हो भने कुनै पनि बेला अप्रिय घटना हुन सक्छ ।’

उनले एमालेको विरोध यथावत रहेको बताए । कानूनविपरीत सभामुखले एमाले विभाजनमा भूमिका खेलेको भन्दै यसले संसदको बाँकी अवधि सहज नहुने चेतावनी दिएका छन् ।

error: Content is protected !!