Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

माधव नेपालको पार्टी गैरकानुनी : उप नेता नेम्बाङ

काठमाडौं  :  नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्बाङले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी गैरकानुनी भएको आरोप लगाएका छन्।

बुधबार संसदीय दलको बैठकमा बोल्दै नेम्बाङले भने उहाँको पार्टीमा सांसद र केन्द्रीय सदस्यको संख्या २० प्रतिशत पुग्दैन , ‘निर्वाचन आयोगको निर्णय छक्क पर्ने खालको छ। त्यसैले उहाँहरुको पार्टी गैरकानुनी हो।’

एकीकृत समाजवादीको वरिष्ठ नेता झलनाथ खनालले सुरुको निवेदनमा कुनै पनि हस्ताक्षर नगरेको नेम्बाङको दाबी छ। पार्टीको तर्फबाट गरेको कारवाही सूचना टाँस नगरेर संसद् सचिवालयले पनि असहयोग गरेको नेम्बाङले असन्तुष्टि व्यक्त गरे।