Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

बालिका बलात्कार आरोपमा नौजना पक्राउ

सुर्खेत  :  इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतले १६ वर्षकी बालिका बलात्कार आरोपमा नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बस काउण्टरमा काम गर्नेदेखि ड्राइभरसम्म रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विष्टले बताए ।

चौकुने गाउँपालिका घर भइ पञ्चपुरी नगरपालिकामा बस्दै आएकी बालिकाले हिजो पटक–पटक विभिन्न व्यक्तिबाट ठाउँठाउँमा बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् ।