Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सरसफाई गरी मनाईयो निजामती दिवस

दैलेख  :  व्यवसायिक र सिर्जजशिल प्रशासन ,विकास समृद्धि सुशासन भन्ने मुलनाराका साथ १८ औँ निजामती दिवस मनाइएको छ । १८ औँ निजामति दिवस २०७८ को अवसरमा नारायण नगरपालिकामा कार्यरत कर्मचारीले निजामती दिवसको अवसरमा कार्यालय सरसफाई गरी निजामती दिवस मनाएका छन ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले नगरपालिकाको कार्यालय हाता भित्र सरसफाई गरी दिवस मनाएको मेरो कर्णालीलाई जानकारी दिए । उनले कोरोना महामारीका कारण अन्य कार्यक्रम संचालन गर्न कठिनाई भएपछि सामाजिक दुरी कायम गरी सरसफाई समेत गरिएको बताए ।

नेपालमा हरेक बर्षको भाद्र २२ मा देशभरि बिभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ । बिसं २०६२ सालवाट यस दिवसको शुरुवात भएको हो, तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले बिसं २०१३ साल भाद्र २२ गते निजामती ऐन ल्याएको दिन पारेर यस दिवस मनाउन थालिएको हो ।

यस दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने, पूर्व कर्मचारी अर्थात सेवानिवृतहरुलाई पनि सम्मान गर्ने आदि बिभिन्न निजामती कर्मचारीलाई उत्साहीत र प्रेरित गर्ने कार्यक्रमहरु आयोजना गरी मनाउने गरिएको छ ।