Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

जनप्रतिनिधि लाई फकाउँदै मन्त्री थापा

दैलेख  :  नेकपा एमाले बाट स्थानीय तहको निर्वाचनमा जितेका जनप्रतिनिधिलाई (एकिकृत समाजबादी) पार्टिमा सनाखत गराउँन कर्णाली प्रदेश सरकारका भौतिक पुर्बधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापा लागी परेका छन । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई पार्टी सदस्य र सांसद पदबाट निश्कासन गरे संगै मन्त्री बन्नुभएका थापाले अहिले गाउँ गाउँमा गएर जनप्रतिनिधिलाई एकिकृत समाजबादी पार्टीमा लाग्न आग्रह गर्दै हिडेका हुन
उनले जिल्लाको नारायण नगरपालिका ,महावु गाउँपालिका र भगवतिमाई गाउँपालिकाका जनप्रतिनिधि लाई आफ्नो पार्टी रोज् आग्रह गरेका हुन । महावु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र वडा अध्यक्ष र कार्यापालिकाका सदस्यले भने यस अघिनै मन्त्री संग बसेर निर्वाचन कार्यालयमा पुगेर एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका छन । जिल्लामा आएका जनप्रनिधिलाई भने प्रतिनिधी सभा सदस्य पार्वती बिशुन्ख्येले निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न सहयोग गरेकी छिन ।
शुक्रवार महावु गाउँपालिका,नौमुले गाउँपालिका ,नारायण नगरपालिकाका जनप्रनिधिले सनाखत गरेपनि भगवतिमाई गाउँपालिका अध्यक्ष दान बहादुर थापा लगायत वडा अध्यक्ष नआएपछि मन्त्री थापा आफै गाउँपालिका पुग्नुभएको थियो । अघिल्लो पटक एकिकृत समाजबादी पार्टीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सहभागी हुनुभएका थापा नेकपा एमाले जिल्ला सचिवालय कमिटिले पार्टीलाई २०७५ जेठ २ मा फकिएर पुरानै जिम्मेवारीको पत्र प्राप्त गरेपछि थापा रोकिएका थिए ।
नेकपा एमाले दैलेखका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य रबन्द्रि राज शर्माले एमालेको निति बिचार र सिद्धान्त बाट प्रेरित भएर राजनितिमा लागेका नेताहरु सजिलै पार्टी छोडेर जान नसक्ने बताए । उनले शुक्रवार केही जनप्रतिनिधिले सनाखत गरेको भन्नु सुनेको छु पार्टीका पछि लाग्ने कि ब्यक्तिका पछि लाग्ने भन्ने कुरा हो उहाँहरु पनि पछि आफ्नो मुलपार्टीमै लाग्ने बताए ।उनले भने हामीले जिल्ला किमिटि सचिवालयको बैठकले पार्टिमा विपक्षमा उभिएकालाई स्पष्टिकरण सोधेका थियौ त्यसपछि हामीले सबैको कार्वाही फुकुवा गरी पुरानै जिम्मेवारी तोकिएकाले नेता तथा कार्यकताले बुझ्नु पर्ने बताए ।