Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सर्वोच्चले माग्यो कुलमान नियुक्तिको फाइल

 

काठमाडौं  :  नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको निवेदनमाथि थप मिसिल कागज झिकाउने आदेश भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासबाट सो आदेश भएको हो । उक्त निवेदनमाथि थप अध्ययन गर्नुपर्ने कारण देखाउँदै मङ्गलबार कागजात झिकाउन आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।