Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

जापानबाट थप पाँच लाख ५९ हजार डोज खोप आइपुग्यो

काठमाडौँ  :  जापानबाट अनुदानको थप खोप काठमाडौं आइपुगेको छ । सोमबार बिहान साढे ९ बजे कतार एयरलाइन्सको विमानबाट पाँच लाख ५९ हजार ३६० मात्रा अष्ट्राजेनिकाको खोप आइपुगेको खोप व्यवस्थापन शाखाका प्रमुख बडेबहादुर थापाले जानकारी दिए ।

यसअघि गत शनिबार जापानबाट दुई लाख ८ हजार सात सय डोज खोप काठमाडौं आइपुगेको थियो । जापानले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसमध्ये ११ लाख डोज उपलब्ध गराएकोमा सोमबार बाँकी खोप नेपाल ल्याइएको खोप व्यवस्थापन शाखाका प्रमुख थापाले जानकारी दिए ।

error: Content is protected !!