Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

पुर्नगठनमा जुट्यो माओबादी केन्द्र

दैलेख  :  सर्वोच्च अदालतले नेकपा बिघठन गरी नेकपा माओबादी र एमाले ब्युतिए संगै नेकपा माओबादी केन्द्र वडा स्तर सम्म पार्टी पुर्नगठनको अभियानमा लागेको छ । जिल्लाका ११ स्थानीय तहमा ९० वठा वडामा पुगेर पार्टिको पुर्नगठन गर्न लागेको नेकपा माओबादी केन्द्रले जानकारी दिएको छ ।

नेकपा माओबादी केन्द्र जिल्ला कमिटिका दैलेख संयोजक प्रेम कटुवालले जिल्ला कमिटिको साउन २२ र २३ गतेको बैठकले पार्टी केन्द्रले दिएको निर्देशन अनुसार ११ स्थानीय तहका ९० वडामा भेलाको आयोजना गर्ने र त्यस अनुसार पार्टीको पुर्नगठन गर्ने अभियान संचालन गरेको बताए ।

उनले पार्टि केन्द्रले भदौ १५ गते सम्म वडा स्तर सम्म भेलाको आयोजना गरी केन्द्रमा जानकारी पठाउने निर्देशन दिए अनुसार भेलाको आयोजना गरिएको प्रष्ट पारे । उनले भने पहिलो चरण हामीले वडा स्तर र पालिका स्तरमा भेला गरेका छौ । त्यस लगतै पार्टीको पुर्नगठन अभियान संचालन गर्ने र पार्टी संगठनलाई बिस्तार गर्ने योजनामा छौ ।

जिल्लाका ११ स्थानीय तह मध्ये माआबोदी केन्द्रले दुई वटा वडा सदस्यमा जितेको भएपनि प्रदेश सभाको निर्वाचनमा नेकपा गठन सगै गठबन्धन बाट दैलेख बाट निर्वाचन क्षेत्र १ को (क) प्रदेश बाट धर्मराज रेग्मी निर्वाचित भएका थिए । पार्टी बिभाजन संगै एमालेमा लागेको कारण उनी प्रदेश सभा सदस्य बाट पदमुक्त भइसकेका छन ।

कोरोना संङक्रमणको जोखिमका बेला वाडा स्तर सम्म पुगेर सामाजिक दुरी बिनै गाउँमा भेला गरिएको भन्दै आलोचना गरिएको छ । स्थानीय नागरिकले भने कोरोनाको जोखिम भनेर विद्यालय संचालन गर्न नसक्ने तर विभिन्न पार्टीका भेला गरिनु उचित नभएको बताएका छन ।