Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

स्रोत व्यक्तिहरुलाई क्षमता विकास तालिम


दैलेख  :  स्थानीय कृषि तथा पशुसेवा स्रोत ब्यक्तिलाई क्षमता विकास तालीम प्रदान गरिएको छ । सयुक्त राष्ट्र संघीय विकास कार्यक्रम,गुराँस गाउँपालिका र महिला शसक्तिकरण मञ्च नेपालको साझेदारीमा संचालित कोभिड १९ रेस्पोन्स एण्ड सोसियो इकोनोमि रिकभरी परियोजना २ मार्फत स्थानीय कृषि तथा पशुसेवा स्रोत ब्यक्तिलाई क्षमता विकास तालीम दिएको हो । क्षमता विकास तालीममा गुराँस गाउँपालिका वडा नः १ देखी ८ सम्मका १८ जना सहभागीलाई तालीम दिएको महिला शसक्तिकरण मञ्च नेपालले जानकारी दिएको छ ।

महिला शसक्तिकरण मञ्च नेपाल दैलेखका अध्यक्ष सुनिता चन्दले कृषि तथा पशु सेवा स्रोत ब्यक्तिलाई तीन दिने क्षमता विकास तालीम दिएकोे बताइन । उनले बाख्राको जातको पहिचान व्यवसायि बाख्रा पालन,र वाख्राको खोरको व्यवस्थापन,नर्सरी उत्पालन विधि र गोठेमल बनाउने बिधि, कृषि तथा,आलुखेति प्रणाली, तरकारी वालीमा मुख्य रोगकिराको पहिचान नियन्त्रण र आई.पि.एम सम्वन्धि जानकारी दिएको बताइन ।

उनले भनिन वाख्रा र कुखुरामा देखिने मुख्य रोगहरु र तिनका आहारा र घास व्यवस्थापन पशुपालन सम्वन्धि बजार व्यवस्थापन, रोगी र निरोगि पशु छुटाउने तरीका व्यवसायि कुखुरा तथा बाख्रा पालनको वारेमा सहजिकरण गरीएका थियो ।
तालीमको उद्दघाटन गर्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेम राज वलीले गुराँस गाउँपालिका सबै किसानहरुलाई कृषि तथा पशु सेवा दिन स्थानीय कृषि तथा पशु सेवा स्रोत ब्यक्तिलाई तालीम दिएको बताउँदै त्यही अनुसार समुदायमा पुगेर सेवा प्रदान गर्न आग्रह गरेका छन । उनले कोरोना संङक्रमणका कारण रोजगारी गुमाएएका ,कोरोना प्रभावित ,घरेलु हिंसा पीडीत फरक क्षमता भएका र एकल महिला तथा स्वदेशमै कृषि तथा पशु पालनमा लागेका कृषकलाई सहयोग गरेर उनीहरुको आर्य आर्जनमा समेत सहयोग पु¥याउनु पर्ने बताए ।

महिला शसक्तिकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसीले गुराँस गाउँपालिका संचालीत भएको कार्यक्रम बाट ८१० जना लक्षित किसानहरुले प्रत्यक्ष रुपमा सहयोग बिउ तथा प्राविधिक ज्ञान सहजै पाउने जानकारी दिईन । गाउ पालिका कृषि शाखा प्रमुख पुर्ण बहादुर खडका र भुपेन्द योगि पशुसेवा प्रमुख पर्वलाल शर्मा र झुपलाल पंगाली संस्थावाट कृषि अधिकृत र कृषि प्राविधिकहरुले सहजिकरण गरेका थिए ।