Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

दैलेख अस्पतालमा २५ शैय्या एचडीयु बेड जडान

दैलेख  :  जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखमा २५ शैय्याको एचडीयु बेड जडान गरिएको छ । कोरोनाको हटस्पट केन्द्र बनेको दैलेखमा कोरोना महामारीको सामना गरिसकेपछि स्वास्थ्य सेवा कार्यालयमा एचडीयु बेड जडान गरिएको हो । कर्णाली प्रदेश सरकारका भौतिक पुर्बधार विकास मन्त्री अम्मर बहादुर थापाले २५ शैय्या सुविधा सम्पन्न एचडीयु वेड जडान गरी उद्दघाटन गरेका छन ।
उनले अस्पतालमा जडान गरिएका सामाग्रीको समुचित प्रयोग गरी नागरिकलाई सेवा प्रदान स्वास्थ्य सेवा कार्यालय सक्षम हुनु पर्ने बताए । उनले बिगतमा पनि भेन्टिलेटर जडान गरेको भएपनि संचालनमा नआएको गुनासो आएको भन्दै एचडियु बेडको पनि त्यस्ता गुनासा नआउँने गरी काम गर्न स्वास्थ्य सेवा कार्यालयलाई निर्देशन दिएका छन । उनले कोरोना महामारी संगै स्वास्थ्यका क्षेत्रमा पर्याप्त मात्रामा आवश्यक उपकरण जडान गर्न नसकेपनि बिस्तार उपकरण र यहाँका भौतिक संचरना निर्माणका चरणमा रहेको बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख थीर प्रसाद रेग्मीले २५ वडा एचडियु बेड मध्ये दुई वटा आइसोलेसन अस्पतालमा जडान गरिएको र अन्य २३ थान बेड अस्पतालमा जडान गरिएको बताए । उनले दुई करोड ७९ लाखमा खरिद गरिएको बताउँदै त्यसलाई जडान कार्य छिटै सम्पन्न गरी संचालनमा ल्याउन लागेको बताए । उनले कोरोना महामारीमा जडान गर्न नसकेको भएपनि अहिले पनि कोरोना जोखिम रहेको भन्दै अव कोरोना संङक्रमितको उपचार गर्न सहज हुने बताए । उनले भने अहिले आइसोलेसन अस्पतालमा ७ जनाको उपचार भइरहेको जिल्लामा ४३ जना संक्रिय संङक्रमित रहेका छन ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर जगत थापाले कोरोनाको बिरामीलाई मात्र नभएर अन्य बिभिन्न रोगका बिरामीका लागि पनि एचडीयु बेड संचालन हुन खुसीको कुरा भएको बताए ।

नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले स्वास्थ्यका क्षेत्रमा अती आवश्यक भएको एचडीयु बेड जडान भएको बताउँदै त्यसको संचालनमा स्वास्थ्य सेवा कार्यालय अम्वल रहनु पर्ने बताए । उनले भने हामीले ५० शैय्याको आइसोलेसन अस्पताल निर्माण र पिसिआर मेसिन खरिद गरेर समेत स्वास्थ्यलाई हस्तान्तरण गरेका छौ त्यसको समुचित प्रयोग गरी नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने बताए ।