Loading... आजः आइतवार, असार ७, २०८३
Trending

फुट्यो एमाले नयाँ पार्टीको नाम एमाले समाजवादी

काठमाडौँ  :  नेकपा एमालेबाट विभाजित भएका माधव नेपाल पक्षले नयाँ दल ‘नेकपा एमाले समाजवादी निर्वाचन आयोगमा दर्ता गरेको छ। उनीहरुले चुनाव चिह्न ‘खुला किताब’ भने पनि यसअघि नै दर्ता भएका कारण उक्त चिह्न स्वीकृत हुन नसकेको हो।

एमाले समाजवादीको अध्यक्षमा माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल रहेका छन्। केन्द्रीय समिति ९५ सदस्यीय बनेको छ। यसमा ५८ जना सदस्यहरु एमालेका तर्फबाट छन् भने बाँकी थप सदस्यहरु छन्।अध्यक्ष र वरिष्ठ नेताबाहेक बाँकी सबै केन्द्रीय समिति सदस्यको भूमिका रहेका छन्।

माधव नेपालसँग नयाँ दलमा बामदेव गौतम भने सहभागी भएका छैनन्। उहाँ यतै आउने विश्वास हामीले लिएका छौँ,नेता राजेन्द्र पाण्डेले भने।