देउता चढेको भन्दै श्रीमानले खनाए श्रीमतीको शरिरमा तातोपानी

दैलेख : श्रीमानले आफ्नो शरिरमा देउता चढेको भन्दै चार महिने सुत्केरी श्रीमतीको शरिरमा तातोपानी खनाएका छन । जिल्लाको जिल्लाको भैरबी गाउँपालिका–५ गौरीसल्लाकी २६ वर्षीया हस्तना नेपालीका श्रीमानले दिपक नेपालीले आफ्नो शरिरमा देउता चढेको भन्दै तातोपानी खनाए पछि उनी सक्त घाइते भएकी छिन ।
जिल्ला प्रहरी कार्यालय दैलेखले हस्तनाका श्रीमान २६ वर्षीय दिपक नेपालीले आफ्नो शरीरमा देउता चढेको निहुँमा तातो पानी खन्याउने तथा अगुल्टोले हानेर हस्तनालाई घाइते बनाए पछि घाइते हुनुभएकी हस्तनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले पत्नीलाई निरन्तर कुटपिट गरी यातना दिइरहने दिपकले देउता चढेको बाहानामा हस्तनामाथि तातो पानी खन्याउनुका साथै अगुल्टोले प्रहार गरेको बताए । उनले तातो पानी खन्याउनुका साथै पतिले ढाडको दाहिने भाग र अनुहारको देब्रे भागमा अगुल्टोले प्रहार गरेका घाउँ भएको बताए । घटनाबारे शुक्रबारमात्रै प्रहरीमा खबर पुगेको थियो।
प्रहरी चौकी डाँडीमाडीले पीडित हस्तनालाई दैलेख अस्पताल पु¥याएको थियो । जिल्ला अस्पताल दैलेखका डाक्टर जगत थापाले हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको जानकारी दिए । उनले हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए ।
प्रहरी प्रमुख श्रेष्ठले पीडक दिपकलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर कानुनी पक्रिया अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो दिपकविरुद्ध माइती पक्षले आइतबार प्रहरीमा जाहेरी दिएको छ। हस्तनाकी आमा पाना दमाईले कारबाहीको माग गर्दै दिपक विरुद्ध जाहेरी दिनुभएको छ । । पाँच वर्ष अघि दिपकसँग विवाह गरेकी हस्तना दुई छोरीको आमा हुन हुनुहुन्छ । उहाँका ३ वर्षीया र ४ महिने छोरी छन ।