Loading... आजः सोमवार, अशोज २८, २०८१
Trending

शनिबार ३२ सय कोभिड संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा ३२१८ जना कोभिड(१९ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५७३ नमुना ९८८६६ पीसीआर र ४७०७ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शनिबार थप १९ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधिमा १७२२ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३५ हजार ४३२ पुगेको छ । १ लाख ९१ हजारले कोभिडविरुद्धको खोप लगाएका छन् ।

शनिबार काठमाडौं उपत्यकामा ९१० जना बिरामी थपिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका छन् । कूल संक्रमित संख्या ७ लाख १२ हजार ७४०, कूल मृत्यु १० हजार ३८ र कूल डिस्चार्ज हुने संख्या ६ लाख ६७ हजार रहेको छ ।