Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

प्रहरीले थाल्यो खोई मास्क अभियान

दैलेख  :  कोरोना संङक्रमण दर दैनिक रुपमा बढ्दै गएपछि तपाईको मास्क खोइ अभियान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयको आयोजनामा उक्त अभियान संचालन गरिएको हो । कोरोना भाइरस बाट सुरक्षीत रहनका लागि मास्क नलगाएर पैदल यात्री र सवारी साधनमा यात्रा गर्ने यात्रीलाई सचेत गराउँने उद्देश्यले तपाईको मास्क खोई अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले मास्क नलगाएर हिड्ने पैदल यात्रीलाई अनिवार्य मास्क र समाजिक दुरी कायम गर्न उक्त अभियान संचालन गरेको बताए । उनले गृहमन्त्रालयको परिपत्र नआएपनि आफुहरुले जिल्लामा उक्त अभियान संचालन गरेको बताए । उनले भने दैलेखमा पुन संङक्रमणको दर उकालो लागे संगै यो अभियान चलाएका छौ यस नागरिकलाई कोरोनाको जोखिम बाट बच्न सहयोग गर्ने छ ।

मास्क अनिवार्यरुपमा लगाउन, भौतिक दूरी कायम गर्न तथा साबुनपानीले हात धुने कार्य गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको भएपनि नागरिकको लापारवाही बढेको भन्दै सजग गराउँन यो अभियान संचालन गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले प्रशासनले पहिलो पटक नागरिकलाई सम्झाउने र उनीहरुलाई मास्कको अनिवार्य प्रयोग गर्ने आग्रह गरिएको बताए । उनले कोरोनाको जोखिम बढे संगै साझ मेडिकल बाहेक सबै पसलहरु बन्द गर्ने गरेको बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले अहिले कोरोना आइसोलेसन अस्पतालमा १० जना बिरामीको उपचार भइरहेको र जिल्ला भर ५२ जना संक्रिय संङक्रमित रहेको बताए । उनले जिल्लामा कुल कुल संङक्रमितको संख्या तीन हजार ४७१ मध्ये तीन हजार ३९० उपचार पछि निको भएको र २९ जनाको मृत्यु भएको जानकारी दिए ।

प्रहरीले संचालन गरेको तपाइको मास्क खोई अभियान संचालन गरेको भन्दै धन्यबाद दिएका छन । नेपाल पत्रकार महासंघका पुर्व अध्यष विष्णु शर्माले प्रहरीले कोरोनाको जोखीम बढेको बेला भन्दा पनि यो अभियान कोरोनाको न्युनीकरण नहुन्जेल संचालन गर्नु पर्ने बताए । उनले भने नागरिकले आफ्नो जिम्मेवारी बिर्सने गरेका कारण जोखिम बढ्ने भएका कारण सबै नागरिकले सरकारले तोकेका मापदण्ड पालना गर्नु पर्नेमा जोड दिए ।