Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

नेपालमा कोरोनाबाट ज्यान गुमाउने १० हजार नाघे

काठमाडौँ  :  देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो। यसैगरी नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शुक्रबार थप ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा ४७१, भक्तपुरमा ८३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो। देशभर हालसम्म ३४ हजार ९४२ सक्रिय संक्रमित छन्। शुक्रबार १ हजार ८८५ जना संक्रमणमुक्त भएका छन्।

error: Content is protected !!