कोरोना संङक्रमण दर यथावत, खोप केन्द्रमै नागरिकको भिड


दैलेख : कोरोना संङक्रमणको दर यथावत भएपनि नागरिकको लापारवाहीको कारण पुन संङक्रमण दर बढ्ने जोखिम बढ्दै गएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार पछिल्ला दिनहरुमा कोरोना संङक्रमण दर बढेको जानकारी दिएको छ । स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यलय प्रमुख थीर प्रसाद रेग्मीले नागरिकको लापारवाहीका कारण संङक्रमण पुन उकालो लाग्दै गएको बताए । उनले केही दिन देखी शुन्य संङक्रमण रहेको दैलेखमा मंगलवार १२ जनामा संङक्रमण पुष्टि भएको बताए ।
उनले भने मगलवार १२ जनामा संक्रमण पुष्टि भए संगै जिल्लामा ५२ जना संक्रि संङक्रमित रहेको र १० जना आइसोेलेसन अस्पतालमा उपचार गराईरहेको र ४० जना होम आइसोलेसनमा रहेका छन । जिल्लामा मंगलवार सम्म कुल संङक्रमितको संख्या तीन हजार ४६७ मध्ये तीन हजार ३८६ कोरोना सङक्रमण मुक्त र २९ जनाको मुत्यु भएको छ । निमित्त प्रमुख थीर प्रसाद रेग्मीले भने पहिला कोरोनाको खोप लगाउन सबैलाई खवर गर्दा कोही आउँनुभएन अहिले खोप लगाउनेको भीडले थप संक्रमण जोखिम बढेको छ ।
नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोेजक लाल बहादुर खड्काले नगरपालिकाका सबै स्वास्थ्य सस्थामा खोप केन्द्र निर्धारण गरि खोप लगाएको भएपनि नगरपालिकामा रहेको खोप केन्द्रमा नागरिकको भीडले समस्या गर्ने गरेको बताए । उनले भने खोप लगाउनेको भीड ब्यवस्थापन गर्न प्रहरीको साहयता लिनु परेको बताए । उनले भने सोमवार मात्र पाँच सय ७७ जनाले खोप लगाएको बताए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अनुपम श्रेष्ठले नागरिकलाई अनिवार्य मास्क र सामाजीक दुरी कायम गर्न प्रहरीले निरन्तर अभियान नैसंचालन गरेको बताए । उनले बिहान देखी साझ ६ बजे सम्म बजार खुल्ने र त्यस पछि बन्द गर्ने कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार काम पसलहरु बन्द गराउँने गरेको बताए ।

