Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


बुटवल  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। विपक्षी गठबन्धनका ३४ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
गठबन्धनले नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद् कुलप्रसाद केसीलाई प्रस्ताव गरेको छ। नेकपा एमालेका मुख्यमन्त्री पोखरेलविरुद्ध नेकपा ९माओवादी केन्द्र०, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको गठबन्धन छ।

यसअघि विपक्षी गठबन्धनले पोखरेलविरुद्ध दुई पटक अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्। पहिलो पटक वैशाख ६ गते तथा दोस्रो पटक वैशाख २६ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

यस्तै गठबन्धनले सोमबार बहुमतीय सरकार गठनको लागि ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाएका थिए। विपक्षी गठबन्धनबाट हस्ताक्षर गरेकी सांसद विमला वलीले एमालेमा रहेको भन्दै विज्ञप्ती जारी गरेकी थिइन्। उनी साविक नेकपाबाट निर्वाचित सांसद हुन्।

लुम्बिनी प्रदेश सभामा ८० सांसद छन्। जसमध्ये मुख्यमन्त्रीको पक्षमा ३९ जना सांसद मात्रै छन्। विपक्ष गठबन्धनमा सभामुखसहित ४१ जना रहेका छन्। विपक्षी गठबन्धनबाट हस्ताक्षर गरेकी सांसद वली एमाले प्रवेश गरेपछि गठबन्धनमा ४० सांसद मात्रै भएका हुन्।