Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

काग्रेसको ९६ प्रतिशत क्रियाशील सदस्यता टुंगियो


काठमाडौं  :  नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन समितिले विवाद भएका केही स्थानमा पुन सहमति जुटाएर पुरक प्रतिवेदन बुझाएको छ ।
झण्डै सय वडामा विवाद रहेर नटुंगिएको सदस्यताबारे समितिले पाएको २४ घण्टे म्यादमा १० वटा वडामा सहमति जुटाएको नेता प्रदीप पौडेलले जानकारी दिए । समितिका सदस्य पौडेलले अव ९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको दावी समेत गरे ।

समितिले काँग्रेस सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा जारी पदाधिकारी बैठकमा पुरक प्रतिवेदन बुझाएको हो । सोही प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । समिति सदस्य पौडेलले क्रियाशिल सदस्यता धेरै मिलेकाले अव समयमै पार्टीको १४ औं महाधिवेशन हुने बताए ।

उनले सर्लाही र सिन्धुपाल्चोक लगायत चारवटा जिल्लाका केही स्थानमा सहमति हुन नसकेकाले ति स्थानको क्रियाशिल सदस्यता नेतृत्वले नै टुंग्याउने गरी जिम्मा दिएको पनि पौडेलले बताए । ‘९६ प्रतिशत क्रियाशिल सदस्यता टुंगिएको छ । यस पटक १३ औं महाधिवेशनको भन्दा अहिले सदस्यता बढि भएको छ । त्यसैले अव अधिवेशनहरु सकेर महाधिवेशन गर्नुपर्छ रोकिँदैन’, पौडेलको भनाई छ । नेता पौडेलले जारी पदाधिकारी बैठकले आजै प्रभावित भएको अधिवेशनको नयाँ कार्यतालिका प्रकाशित गर्न छलफल भइरहेको समेत बताए ।

error: Content is protected !!