दैलेखमा २५ हजार चार सयले लगाए खोप
दैलेख : पहाडी जिल्ला दैलेखमा २५ हजार चार सय जनाले कोरोना बिरुद्धको खोप लगाएका छन । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले संघिय सरकार बाट प्राप्त भएको कोभिसिल्ड र भेरोसेल खोप लगाउनेको संख्या २५ हजार चार सय ७ जना पुगेको बताए । उनले कोभिसिल्ड खोपको पहिलो र दोस्रो मात्रा लगाउनको संख्या सात हजार १७६ जनाले लगाएका छन भने पहिलो मात्र लगाउनेको संख्या १४ हजार चार जनाले दोस्रो मात्र लगाउन बाँकी रहेको बताए ।
उनले भारत बाट प्राप्त भएको कोभिसिल्ड खोप पहिलो चरणमा आएको भएपनि दोस्रो मात्रा आउन नसक्दा समस्या भएको बताए । तीन महिनाको अन्तरमा लगाउने भनेको दोस्रो मात्र नआएपछि उहाँहरुलाई छोडेर भेरोसेल खोप अन्य चार हजार दुई २७ जनालाई पहिलो र दोस्रो मात्र लगाएका छौ ।
पुन संघिय सरकार बाट १८ हजार मात्रा खोप प्राप्त भएको र साउन १२ गते बाट जिल्लाका ९० वटै वडामा खोप लगाउने कार्यक्रम तय गरिएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । निमित्त कार्यालय प्रमुख रेग्मीले १८ वर्ष पुरा भएका उम्मेर समुह भएका व्यक्तिहरुको पछिल्लो तथ्याङकलाई हेर्ने हो भने अझै दुई लाख भन्दा बढिलाई खोप आवश्यक रहेको बताए ।
कोरोनाको हटस्पट बनेको दैलेखमा हाल सम्म तीन हजार ४३८ जना संक्रमित मध्ये २९ जनाको मृत्यु भएको र ५१ जना जिल्लामा सक्रिय संक्रमित रहेको जनाइएको छ ।