Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

खोप लगाउन सबै जिल्लामा अनलाइन फारम अनिवार्य

काठमाडौं  :  स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेएको छ । काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय ९अनलाइन० दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताए । साथै उनले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरे ।

कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन शुरु गर्ने उनले बताए । अब जारी हुने सूचनामा १८ वर्ष उमेर समूहकै नागरिकले खोप पाउछ भन्ने होइन । हामी उमेर समूहकै आधारमा जान्छौं,’ उनले भने अनलाइन दर्ता गर्दै जाने र क्रमशः खोप दिँदै जाने हो ।’

उनले ५० वर्षभन्दा माथिका नागरिकले गएको हप्तामा खोप पाएको बताए । ‘क्रमशः उमेर समूह झर्दै जान्छ । अब खोप पाउने उमेर समूह ४५ देखि ४९ वर्षका नागरिकलाई दिन्छ,’ उनले भने । तर, योबारे स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त नभएसम्म थाहाँ नहुने उनले बताए ।

खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने उनले बताए ।