Loading... आजः आइतवार, बैशाख ६, २०८३
Trending

चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने

काठमाडौं  :  छिमेकी चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ। शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेकी चिनियाँ राजदूत होउ यान्छीले थप खोप अनुदानमा दिने बताएकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको राजदूत यान्छीले जानकारी दिएकी हुन्।यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ भने नेपालले किनेको ४० लाख डोज खोपमध्ये ८ लाख डोज आइसकेको छ।

यस्तै प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद दिएका छन्।