Loading... आजः शुक्रबार, साउन १५, २०७८
Trending

असार मसान्तमा १६ करोड ६८ लाख निकासा

सुर्खेत  :  असार मसान्त नजिकिँदै पुग्दै गर्दा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पौने १७ करोड रुपैयाँ बजेट निकासा गरेको छ।
पछिल्लो एक महिनाको अवधिमा मन्त्रालयले कुल १६ करोड ६८ लाख ४५ हजार दुईसय ४० रुपैयाँ निकासा गरेको हो। जसमध्ये कोरोना नियन्त्रणका लागि स्थानीयलाई मात्रै १४ करोड ७२ लाख २० हजार रकम निकासा दिइएको छ।

त्यस्तै कोरोना संक्रमितको उपचार तथा आवश्यक औषधि पूर्वाधार तयारका लागि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र अस्पतालहरूलाई एक करोड ६० लाख ४३ हजार सातसय ४० रुपैयाँ निकासा दिइएको छ। जसमध्ये रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यानमा १७ लाख ४३ हजार एकसय २५, सुर्खेतमा २६ लाख २७ हजार ६ सय २५ र दैलेखमा १९ लाख ५२ हजार पाँचसय रुपैयाँ निकासा दिइएको छ।

त्यस्तैगरी जाजरकोटमा १६ लाख ९६ हजार आठ सय, डोल्पामा १४ लाख ३५ हजार पाँचसय, जुम्लामा १२ लाख ८६ हजार, कालिकोटमा १६ लाख ३६ हजार पाँचसय, मुगुमा ९ लाख ७३ हजार एकसय ९० र हुम्लामा १० लाख ५३ हजार पाँच सय रकम निकासा गरिएको हो।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षत्रीले एक महिना पूरा भएको अवसरमा सार्वजनिक गरेको तथ्यांकअनुसार वीरेन्द्रनगरस्थित कभर्ड हल निर्माणका लागि १४ लाख ३२ हजार, पन्चपुरी २ को प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई १० लाख र कालिकोटको खाँडाचक्रमा कभर्ड हल निर्माणका लागि १५ लाख रकम निकासा दिइएका छन्।
मन्त्री बुढाले गएको जेठ २३ गते पदभार ग्रहण गरेका थिए।साभार थाहाखवर

error: Content is protected !!