Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कार्यक्रम प्रभावकारी बनाउँन प्रधानाध्यापक संग नगर प्रमुखको आग्रह

दैलेख  : नारायण नगरपालिका दैलेखका नगर प्रमुख रत्न बहादुर खड्काले नारायण नगर रेडियो शिक्षा कार्यक्रम प्रभावकारी बनाउँन प्रधानाध्यापक संग आग्रह गरेका छन । नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना गरिएको नारायण नगर रेडियो शिक्षाको प्रभावकारीता सम्बन्धि निम्नमाध्याकि विद्यालय र माध्यामिक विद्यालयका प्रधानाध्यापक सरोकारवाल निकाय संग गरिएको समिक्षा गोष्ठिमा  उनले आग्रह गरेका हुन ।

उनले कोरोना महामारीका कारण विद्यालयमा संचालन हुन नसक्दा बालबालिकाको पठन पाठनमा समस्या भएका नारायण नगरपालिकाले नारायण नगर रेडियो शिक्षा कार्यक्रम संचालन गरेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयन भए नभएको विषयमा विद्यालयका प्रधानाध्यापकले अनुगमन गर्नु पर्ने बताए ।

उनले भने हामीले जिल्लामा रहेको दुई वटै सामुदायिक रेडियो मार्फत कार्यक्रम संचालन गरेका छौ त्यो अवस्थामा बालिबालिकाले शिक्षण सिकाई गरेका छन की छैन्न त्यसको वास्तविक रिर्पोट तयार गरेर नगरपालिकालाई बुझाउनुहोस ।

नारायण नगरपालिका शिक्षा युवा तथा खुलकुद शाखाका प्रमुख हिमालयजंग शाहले राज्यले गरेको लगानी अनुसार प्रतिफल प्राप्त गर्न सक्नु पर्ने बताए । उनले कोरोना महामारीका कारण जिल्लाका कुनै पनि विद्यालय संचालन हुन नसक्दा नेपाल सरकारले नै स्थानीय रेडियो मार्फत शिक्षण सिकाई गर्न आवश्यक बजेट पठाएको त्यसै अनुसार नारायण नगर रेडियो शिक्षा कार्यक्रम संचालन गरेको बताए ।

उनले भने नेपाल सरकारले पठाएको बजेट अनुसार अहिले निम्नमाध्यामिक र माध्यामिक तहका गणित,बिज्ञान,अंग्रेजी विषयको शिक्षण गराइरहेको र अन्य कक्षाहरुको कक्षा समेत कसरी संचालन गर्ने विषयमा आफुहरु लागि परेको बताए ।

अन्तरक्रिया कार्यक्रमा सहभागि विद्यालयका प्रधानाध्यापकहरुले नारायण नगरपालिकाले बालबालिकाको शिक्षण सिकाई गर्न नारायण नगर रेडियो शिक्षा कार्यक्रम संचालन गरेको भन्दै धन्यबाद दिदै सबै बालिकाल रेडियो पहुँचमा नरहेको भन्दै चिन्ता ब्यक्त गरेका छन । सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सेनाले कार्यक्रम प्रभावकारी बनाउँन शिक्षक,विद्यार्थी, अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागि अन्य विद्यालयका प्रधानाध्यापकहरुले नारायण नगर रेडियो शिक्षा कार्यक्रम संचालन भएको अभिभावकहरुलाई जानकारी गराएको भन्दै सबैले रेडियो सुन्न नसक्ने समस्या भएके बताएका छन । उनीहरुले बालबालिकाका अभिभावकले नै अहिले कामको समय भएका कारण रेडियो सुन्न नसक्ने बताएको भएपनि आफुहरुले त्यसका लागि सम्झाउने काम गरेको बताएका छन ।