Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

एमबिबिएस अध्ययन गर्ने विद्यार्थीको ५० प्रतिशत खर्च व्यहोर्ने

दैलेख :  जिल्लाको भगवतिमाई गाउँपालिकाले गाउँपालिका बाट एमबिबिएस पढ्ने विद्यार्थीका लागि खर्चको ५० प्रतिशत रकम ब्यर्होने निति लिएको छ । गाउँपालिकाको नवौँ गाउँ सभामा पेश गरेको तिनि तथा कार्यक्रममा उक्त कुरा उल्लेख गरेको छ ।

गाउँपालिकाले गाउँपालिकाले जनस्वास्थ्य निति तयार गरी स्वस्थ्यताको सहर,सभ्यगाउँपालिकाको रहर भन्ने मर्मलाई ध्यान दिएर त्यस अनुसार कार्यनिति बनाएर एक जना एबिबिएस अध्ययन गर्ने छात्रालाई सहयोग गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ ।

गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकाले जनस्वास्थ्य निति तयार गरी यसै वर्ष बाट उक्त कार्यक्रम संचालन गरिने बताए ।
उनले गाउँपालिका बाट विपन्न,गरिव परिवार बाट एबिबिएस अध्ययन गर्ने विद्यार्थीलाई कुल लागतको ५० प्रतिशत रकम गाउँपालिकाले ब्यर्होने गरी निति गाउँ सभामा पेश गरेको बताए ।उनले भने गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य रहि जीवन यापन गर्न सहयोग पुगोस भन्ने उदेश्यले उक्त निति लिएको छ ।

गाउँपालिकाले एबिबिएस अध्ययन गर्ने विद्यार्थीले गाउँपालिकामा निर्माण हुने लागेको १५ शैय्या अस्पतालमा सेवा गर्नु पर्ने लगायतका प्रावधान समेत राखिने बताइएको छ ।

गाउँपालिकाका उपाध्यक्ष चन्द्रा रेग्मीले आर्थिक वर्ष ०७८÷०७९ का लागि ५४ करोड,३८ लाख ८१ हजार ४० रुपैयाको बजेट प्रस्तु गरेकी छिन । त्यस मध्ये चालु खर्चमा ३१ करोड ९६ लाख ८१ हजार र पुजीगत तर्फ २२ करोड ४२ लाख ४० रुपैया प्रस्तुत गरिएको छ ।