Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

कोरोना संङक्रमणबाट दैलेखमा २७ जनाको मृत्यु

दैलेख  :  दैलेखमा कोरोना भाइरस ९कोभिड–१९० का कारण २७ जनाको ज्यान गएको छ । बुधवार एक महिलाको मृत्युभएसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार बुधवार नौमूले गाउँपालिका–२ का ६२ बर्षीया महिलाको मृत्यु भएको हो । ती महिलाको प्राथमिक स्वास्थ्य केन्द्र नौमूलेमा निधन भएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए ।

जिल्लामा हालसम्म ३ हजार ३ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये ३ हजार १ सय ५१ जना कोरोनाका बिरामी निको भईसकेका छन् । बुधवारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय २६ जना छ । ती मध्ये ७ जना दैलेख अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।

error: Content is protected !!