थप तीन हजार ७०३ जनामा सङ्क्रमण पुष्टि, ४१ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा थप तीन हजार ७०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, चारहजार ८१९ जनामा गरिएको एन्टिजेन परीक्षणमा चार हजार ७०९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४१ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८८१३ जनाको मृत्यु भैसकेको छ ।
चार हजार ९५४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०।२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।