Loading... आजः बिहिबार, साउन १४, २०७८
Trending

हुम्लाका फुन्जोकले जीत रोलेक्स कन्जर्वेशन अवार्ड

हुम्ला :  दुर्गमको समुदायमा आधारित वातावरण तथा वन्यजन्तु संरक्षण अभियानमा लागेका हुम्लाका रिन्जिन फुन्जोक लामाले ‘रोलेक्स कन्जर्वेशन अवार्ड २०२१’ प्राप्त गरेका छन । हुम्लाको लिमी, चुवाखोला र मनाङ मुस्ताङ क्षेत्रमा पाईने जंङ्गली जनावरको बारेमा अध्ययन तथा संरक्षणमा योगदान पुर्याए बापत उनले सो अन्तराष्ट्रिय अवार्ड जितेका हुन ।
ऋवार्ड बिजेत भाई हाल मुस्ताङमै रहेको र बन्य जन्तुका क्षेत्रमा ठुलो अवार्ड जितेकोमा गर्भको सिमामै नरहेको दिदी छोप्साङ निङ्बा लामाले बताइन ।बन्यजन्तुका क्षेत्रमा सानै देखिको रुचि र पछि यस क्षेत्रमा लागि परेको प्रतिफल नै अवार्ड पाएको उनले बताइन ।

उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा, ब्वाँसो, कालो भालु, जंगली चौँरी, घोडा लगायत जनावर र वातावरण संरक्षणमा समुदायमा आधारित भएर योगदान गरेकाले उनलाई अवार्ड प्रदान गरिएको रोलेक्सले जनाएको छ । अवार्डको पुरस्कारको रकम दुई करोड ८७ लाख नेपाली रुपियाँ उनले जितेका हुन ।

नेपालका रिन्जिनसहित विभिन्न देशका पाँच जना पुरस्कृतको नाम रोलेक्सले सोमबार घोषणा गरेको थियो । रिन्जिन विगत सात वर्ष (सन् २०१४)देखि उच्च हिमाली क्षेत्रका वन्यजन्तुको अध्ययन र संरक्षणमा संलग्न हुँदै आएका थिए । २९ वर्षका लामा अवार्ड बिजेतामा सबै भन्दा कान्छा हुन । उनले उक्त अवार्ड एशियामा दोस्रो व्यक्तिका रुपमा यो अवार्ड पप्त गरेका हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण’ मा स्नातकोत्तर गरेका लामाले गएको वर्ष विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को ‘नेपाल कन्जर्वेशन अवार्ड’ पनि प्राप्त गरेका थिए । संरक्षण र मौलिक रोजगारी वृद्धिमा योगदान गर्ने विश्व भरका व्यक्तिबाट छनौट गरि रोलेक्सले विगत चार दशकदेखि अवार्ड प्रदान गर्दै आएको थियो ।

हिमाली वातावरण र वन्यजन्तुको संरक्षणका लागि रिन्जिनले जनचेतना अभियान र स्थानीयको सहभागिताका लागि विशेष काम गर्दै आएका थिए । संरक्षणका अभियानमा उनले विशेष गरि महिलाको सहभागितालाई जोड दिँदै आएका छन । यो अवार्डबाट बिजेता भएसंगै काम गराईमा दुर्गमले छेक्दैन भन्ने भनाईले पुर्णता पाएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामाले बताए । राजन रावत÷गोरखापत्र

error: Content is protected !!