Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

शनिबार २४ सय संक्रमित थपिए, ३ हजार ६६० संक्रमणमुक्त

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा २,४०१ जना कोभिड बिरामी थपिएका छन् । ११ हजार ६९६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।सोही अवधिमा थप ३४ जनाको कोभिडको कारण मृत्यु भएको छ । ३६६० जना डिस्चार्ज भएका छन् ।

कूल संक्रमित संख्या ६ लाख १९ हजार ९पीसीआर परीक्षणमा पुष्टि भएका० पुगेका छन् । कूल मृत्यु ८६७५ पुगेको छ ।
सक्रिय संक्रमित संख्या ५७ हजार ६१८ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित फेला परेको देखिन्छ । मन्त्रालयका अनुसार ८७४ जना आइसीयूमा र २५८ जना भेन्टिलेटरमा छन् ।