Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

कांग्रेस महाधिवेशन १६ भदौदेखि

काठमाडौँ  :  नेपाली कांग्रेसले १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको हो।
कांग्रेसले साउन १२ गते गाउँ तथा नगरको वडाको अधिवेशन, साउन १६ गते गाउँपालिका, नगरपालिकाको अधिवेशन, साउन २० गते क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २३ गते तथा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा साउन २६ गते गर्ने निर्णय गरेको छ।

त्यस्तै, प्रदेश अधिवेशन भदौ १ र २ गरिने निर्णय गरिएको पनि कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए। कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा सहभागी हुन चाहने व्यक्ति र राजनीतिक दललाई समेटेर एकताबद्ध रूपमा अगाडि बढ्ने निर्णय पनि गरेको छ।