Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

गण्डकी प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

कास्की  :  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन । मतादानमा उहाँले ३१ मत प्राप्त गरेका हुन ।
उनले शुक्रबार ५९ सांसद रहेका गण्डकी प्रदेशसभामा ३१ सांसदले नेपालीको पक्षमा मतदान गरे भने २७ सांसद विपक्षमा उभिएका हुन् ।

सत्ता साझेदार दल नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको ११, जनता समाजवादीको २ र जनमोर्चाको २ तथा स्वतन्त्र सांसदको मत नेपालीले पाए ।
अघिल्लो पटक विपक्षी गठबन्धनमा मतदान नगरेपछि जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेको थियो ।