Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

निषेधाज्ञाकै बीच किसानलाई रोपाइको चटारो

दैलेख   : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाकै बीच किसानलाई रोपाई गर्न चटारो भएको छ । गत बैशाख २१ गते देखी लगाएको निषेधज्ञा बिच जिल्लाका विभिन्न स्थानमा रोपाई सूरु भएको छ ।
नौमुले गाउँपालिकाका नगेन्द्र शर्माले कोरोना भन्दा पनि किसानलाई रोग भन्दा रोगको चिन्ता रहेको बताए । कोरोना भनेर रोपाई नगर्ने हो भने ठुलो भोकमारी हुने भएकाले कोरोनाको प्रवाह नगरी धान रोप्ने चटारो चलेको छ ।

दैलेखका ११ स्थानीय तहका सबै फाँटहरुमा धान रोप्नेहरु मात्र देखिन्छन् । दैलेख जिल्लाभर रोपाइँ सुरु हुँदा किसानहरु आजभोली खेतमा रोप्न मात्रै व्यस्त देखिन्छन् । जिल्लाको नौमुले क्षेत्र, भगवतिमाईको लोहोर क्षेत्र ,लगायतका क्षेत्रमा पहिलो चरणमा रोपाई सुरु भएका छन ।

भगवतिमाई गाउँपालिका –२ का दिपक उपाध्यायले गाउँघरमा कोरोनाका त्रासका बिचमा पनि रोपाई गर्नु पर्ने बाध्यता भएको बताए । उनले यो वर्ष पानी छिटै परेका कारण सिचाई सुबिधा नभएका स्थानमा समेत रोपाई सुरु गरिएको बताए । उनले भने रोपाईमा सामाजिक दुरी कायम गर्न नसकिएको बताए ।

कोरोना महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाले मुलुकमा देखा परेको खाद्य संकटले कृषि क्षेत्रलाई प्रथामिकता दिनु पर्ने सिकाई सबैलाई भएको छ । तर दैलेखमा गहु उत्पादन घटेपछि भोकमरी हुने चिन्ता छ ।
जिल्लाको कुल ४३ हजार १ सय २१ हेक्टर जमिन मध्ये ३४ हजार ४ सय १७ हेक्टर जमिनमा रोपाई हुने गरेको जिल्ला कृषि विकास कार्यालय दैलेखका निमित्त प्रमुख तिलक पाण्डेले जानकारी दिए ।

कृषि विकास कार्यालयका अनुसार जिल्लाको कुल खेतीयोग्य जमिन मध्ये ९ हजार ६ सय ३८ हेक्टर जमिनमा मात्र सिचाई सुबिधा उपलबब्ध भएको जनाएको छ ।