Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

संसद बैठकमा एमाले सांसद ज्वाला सहभागी, मन्त्री गएनन्


सुर्खेत :  पुनर्बहाली भएका एमाले सांसद प्रकाश ज्वाला संसद बैठकमा सहभागी भएका छन् । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको कुर्सी बचाइदिन फ्लोक्रस गरेका ज्वालासहित चार सांसदलाई सर्वोच्चले पुनर्बहाली गरेपछि आजदेखि बैठकमा सहभागी भएका हुन् ।
नेकपा एमाले संसदीय दलको बैठकमा समेत सहभागी भएका सांसद ज्वाला संसद बैठकमा सहभागी भएर प्रतिपक्ष कक्षमा बसेका छन् । एमालेबाट सरकारमा सहभागी तीन मन्त्रीहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा भने बैठकमा सहभागी भएका छैनन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिइरहेका छन् । जवाफपछि नीति तथा कार्यक्रम पास गर्ने कार्यसूचि छ । आज नै संसदमा बजेट पेश गर्ने कार्यसूची रहेको छ ।