Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

जुम्लामा  एमबीबीएस पढाई सुरू गर्न वैधानिक बाटो खुल्यो

जुम्ला :  चिकित्सा क्षेत्रको बहुप्रतिक्षित स्नातक तहको डाक्टरी पढाई एमबीबीस कार्यक्रम अब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शुरु हुने पक्का भएको छ ।
चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले जुम्लामा स्नातक तहको एमबीबीएस लगायतका कार्यक्रम शुरु गर्ने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाईको वैधानिक ढोका खुलेको हो । आयोगका सूचना अधिकारी सेमन्तराज कोईरालाले प्रतिष्ठान जुम्लामा एमबीबीएस कार्यक्रम शुरु गर्ने निर्णय भईसकेको बताउँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र कार्यक्रम सञ्चालन हुने जानकारी दिए ।

“कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भएपनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ,” सूचना अधिकारी कोईरालाले भने, हाललाई एमबीबीएस सञ्चालन गर्न प्रतिष्ठानलाई करिब २५ सीट दिने गरी निर्णय भएको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले कर्णालीको कोशेढुङ्गाको रुपमा लिईएको बहुप्रतिक्षित एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सरकारले गरेको सहयोगप्रति कृतज्ञता प्रकट गरे । स्नातक तहको डाक्टरी पढाई कर्णालीको विकासको कोशेढुङ्गा हो,” शिक्षाध्यक्ष डा। थापाले भने, “यस अघि आयोगले स्नातकोत्तर तहको चिकित्सा शिक्षा पढाईका लागि पाँच सीट दिएको थियो ।