गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपाली नियुक्त
कास्की : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएका छन । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन ।
२००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी थिए । उनी पञ्चायतकालदेखि सक्रिय राजनीतिमा सक्रिय उनी २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा सुरु गरेका सथए रर भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन ।
कांग्रेसको १२ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका उनी प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी विजयी भएका थिए ।