Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

आठ हजार ६६३ कोरोनामुक्त,चार हजार ६२४ थपिए


काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका चार हजार ६२४ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १४ हजार १८२ नमूनाको परीक्षण गरिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ८१ ह्जार ५६० पुगेको छ ।

\पछिल्लो चौबीस घण्टामा छ हजार ६३१ ज्नाको एन्टीजेन परीक्षण गरिएकोमा दुई हजार २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
नेपालमा कोरोनाको दोस्रो लहर उत्कर्षमा पुगे यता पहिलो पटक सक्रिय सङ्क्रमितको संख्या एक लाखभन्दा कम भएको छ । हाल ९७ हजार ६९९ मा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा आठ हजार ६६३ जना सङ्क्रमित निको भएका छन् । हालसम्म चार लाख ७६ हजार १३० जना सङ्क्रमित निको भएका हुन् । हालसम्म ३१ लख २१ ह्जार १२० नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।पछिल्लो चौबीस घण्टामा १०१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ७३१ जनाले ज्यान गुमाएका छन् ।