Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सात हजार २१९ कोरोनामुक्त,चार हजार ५२४ थपिए

काठमाडौं :  नेपालमा कोरोनाभाइरसका चार हजार ५२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८०५ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले चौबीस घण्टामा आरटीपीसीआरबाट चार हजार ५२४ जनामा सङ्क्रमणको पुष्टि भएको बताए । एन्टीजेनबाट ७९२ जनामा पोजेटिभ पाइएको जानकारी दिए ।
सह प्रवक्ता डा अधिकारीले हाल एक लाख एक हजार ९९३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको बताए । छ हजार ८३२ जना संस्थागत् आइसोलेशनमा र ९५ हजार १३१ जना होम आइसोलेशनमा रहेका छन् । हाल ८३७ जना क्वारेन्टिनमा छन् ।