दैलेख अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया


दैलेख : दैलेख अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । दुल्लु नगरपालिका–९ की १८ बर्षीया कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरिएको हो ।
कोरोनाका लक्षणहरु देखिएपछि ती महिलाको कोरोना परीक्षण गरिएको थियो । परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकै दिन शल्यक्रिया गरिएको डा थापाले जानकारी दिए । अस्पतालका डा जगत थापा, डा जीवन ज्ञवाली, डा विश्वबन्धु खड्का, डा जीना सापकोटा, एनएसथेसिया एसिस्टेन्ट कृष्णदेव जोसीको टोलीले शल्यक्रिया गरेको थियो ।
अहिले आमा र नवजात शिशुको अवस्था सामान्य रहेको डा थापाले बताए । सुत्केरी महिला र नवजात शिशुलाई अहिले दैलेख अस्पतालमै राखिएको छ । ती महिलालाई अस्पतालका डा विवेक गुरुङ्गले रक्तदान गरका थिए ।

