Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सर्वोच्च अदालतमा देउवाको पक्षमा २४ र ओलीको पक्षमा ४ वटा रिट दर्ता

काठमाडौं :  सर्वोच्च अदालतमा सोमबार एकै दिन एउटै विषयमा २८ वटा रिट निवेदन दर्ता भएका छन् । संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको लागि शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको पक्षमा रिट दायर भएका हुन् ।

त्यस्तै प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा बदर गर्ने र निर्वाचन समयमै गर्नुपर्ने दुवै खाले रिट अदालतमा दर्ता भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । अदालतमा शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ सांसदको तर्फबाट रिट दायर भएको छ । जसमा विघटन बदर, चुनाव रोक्न अन्तरिम आदेश र देउवालाई परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ ।

१४६ मध्ये विघटित संसदका १३९ जना सांसदले आफैं उपस्थित भएर रिटमा सनाखत गरेका छन् भने ६ जनाले वारेस पठाएका थिए । प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै २४ वटा रिट परेको सर्वोच्च आदालतको प्रशासनले जानकारी पदएको छ ।
प्रतिनिधिसभा विघटन संवैधानिक रहेको र समयमै निर्वाचन हुनुपर्ने माग दावी सहित अधिवक्ता कृष्ण भण्डारी लगायत ४ जनाको रिट परेको छ । रिट निवेदकले केपी ओलीलाई नै संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग पनि राखेका छन् ।