Loading... आजः सोमवार, असार ७, २०७८
Trending

गाउँपालिकाले सुरु ग¥यो कोरोना परीक्षण संगै औषधी वितरण

दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिकाले गाउँपालिकाका सात वटै वडामा एन्टिजेन बिधिबाट कोरोना परीक्षण सगै औषधी वितरण अभियान संचालन गरेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको संङक्रमण गाउँ गाउँमा फैलिएपछि गाउँपालिकालले गाउँपालिकाका सात वटै वडामा कोरोना परीक्षण र आवश्यक औषधी वितरण गरेको हो ।

गाउँपालिकामा कार्यरत डाक्टर प्रभाकर यादव, स्वास्थ्य शाखा प्रमुख टिकाराम बिष्ट,ल्याव असिस्टेन्ट दुर्गा खड्काको टोलीले प्रत्येक वडामा पुगेर एन्टिजेन्ट बिधिबाट कोरोना परीक्षण गरिरहेको गाउँपालिकाले जानाकारी दिएको छ ।
गाउँपालिकाका स्वास्थ शाखा प्रमुख टिकाराम बिष्टले गाउँपालिकाका सात वडा मध्ये छ वडामा रहेको स्वास्थ्य चौकीमा गएर १३० जना बढिको एन्टिजेन्ट बिधिबाट कोरोना परीक्षण गरिएको बताए । उनले छ वडामा एन्टिजेन्ट बिधिबाट कोरोना परीक्षण गर्दा ३३ जनामा कोरोना भएको पुष्टि भएको जानकारी दिए ।

उनले कोरोना देखिएका नागरिकलाई सुरक्षीत रुपमा एकान्तबास बस्न आग्रह गरिएको बताउँदै उहाँहरुको लागि आवशयक पर्ने औषधीहरु वितरण गरिएको बताए । उनले भने अहिले कोरोनाका बिरामीहरुका लागि नेपाल सरकारले नै चलाउने गरेको औषधीहरु वितरण गरेको जानकारी दिए ।

उनले भने कोरोनाको यो महामारीमा आफ्नो जीवन जोखिममा राखेर स्वास्थ्यकर्मीहरू आमनागरिकको जीवन रक्षाका लागि प्रत्येक वडामा पुगेर अभियान संचालन गरेको र नागरिकले पनि सचेतना अपनाउनु पर्ने देखिन्छ । उनले भने हामीले वडामा पुगेका छौ यदि त्यस पछि पनि कसैलाई कोरोनाको परीक्षण गर्नु परेमा गाउँपालिकामा २४ घण्टा सेवा दिन सकिने बताए ।

गाउँपालिकाका उपाध्यक्ष चन्द्रा रेग्मीले गाउँपालिकाका सबै वडामा पुगेर नागरिकको कोरोना परीक्षण गर्नु पर्ने माग आएपछि चिकित्सकको टोली लिएर स्वास्थ्य परीक्षण गर्ने गरेको बताइन । उनले वडामा आइदिनु प¥यो भनेपछि अध्यक्ष उपाध्यक्ष र चिकित्सक र आवश्यक औषधी लिएर गएको भएपनि कोरोना देखिने डरले नागरिकले कोरोना परीक्षण गर्न आनाकानी गर्ने गरेको बताइन ।

गाउँपालिकाका–१ देखि ७ वडा सम्मका टोलबस्तीमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने लगायतका विभिन्न समस्या परेपछि यो अभियानको संचालन गरिएको बताइएको छ । अहिले गाउँपालिकाभरी ४४ जना कोरोना संक्रमण पुष्टि भएका छन । जिल्लामा आइतवार सम्म छ सय ७२ जना सक्रिय सङक्रमित रहको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।

error: Content is protected !!