Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

संक्रमित गर्भवतीलाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार

रुकुम (पूर्व) :  रुकुम पश्चिमबाट एक कोरोना संक्रमित महिलालाई हेलिकोप्टरमार्फत नेपालगञ्ज लगिएको छ। सप्तरी घर भई हाल रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिका–१४ को राङ्सी स्वास्थ्य चौकीमा कार्यरत २७ वर्षीया अनमीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको हो।

उनी ७ महिनाकी गर्भवती रहेको बताइएको छ। कोरोना संक्रमण गर्भवती महिलाको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचाररत उनको अवस्था थप जटिल बन्दै गएपछि आइतबार सल्ले विमानस्थलबाट अल्टिच्युट एअरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो।

ज्वरो, शास फेर्न गाह्रो हुने, खान मन नलाग्ने लगायतका समस्याले थलिएकी उनलाई जेठ ४ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको र सोही दिन कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए। उनले त्यसअघि टाईफाईड भनेर अन्य औषधि सेवन गरेको र निको नभएपछि अस्पताल आएको पाइएको रावलले बताए।