Loading... आजः सोमवार, असार ७, २०७८
Trending

आठ हजार ८४८ संक्रमित डिस्चार्ज

काठमाडौ  : कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८४८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ८४८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ८६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार १०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय २९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।

error: Content is protected !!