Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीले लिए सपथ

पोखरा :  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् । पुनर्नियुक्त भएका मध्ये किरण गुरुङको मात्रै आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनमगरको जिम्मेवारी भने तोकिएको छैन । उनीहरूलाई मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ ग्रहण गराएकी हुन् ।
पुनर्नियुक्त भएका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथमा सहभागी भएनन् । उनी कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी हुन नपाउने बिहानै मुख्यमन्त्री गुरुङलाई जानकारी दिएको बताइएको छ ।
८ मन्त्रालय भएको प्रदेशमा १० मन्त्रालय बनाउने र विपक्षीलाई समेत समेट्ने गरी अगाडि बढ्ने मुख्यमन्त्रीको योजना छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाउने तयारी रहेको मुख्यमन्त्री सचिवालय स्रोतको भनाइ छ ।

error: Content is protected !!