कर्णालीका नवनियुक्त तीन मन्त्रीको सपथ रोकियो
सुर्खेत : कर्णालीका नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण एक्कासी रोकिएको छ । बुधबार नियुक्त भएका तीन मन्त्रीको सपथ विहिबार (आज) बिहान ११ बजेका लागि तोकेको कर्णाली प्रदेश सरकारले एक्कासी सपथ ग्रहण कार्यक्रम रोकेको हो ।
विहिबार मुख्यमनत्रीको कार्यालयले विन्दमान विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, सीता नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर उर्जा तथा जलश्रोत मन्त्रालय र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको थियो ।
आर्थिक ममिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजिनामा दिएपछि माओबादी केन्द्रकै ३ सांसदलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो । नवनियुक्त मन्त्रीहरुको बुधबार नै हुने भनिएको सपथ ग्रहण कार्यक्रम विहिबार बिहानका लागि सारिएको थियो । तर विहिबार पनि सपथ ग्रहण कार्यक्रम हुन सकेको छैन ।
माओबादीलाई समर्थन गरेको नेपाली काग्रेसले एक मात्र मन्त्रालय दिएको खण्डमा आफुहरु सरकारमा सहभागी हुन नसक्ने बताए पछि मन्त्रीको सपथ रोकिएको बताइएको छ ।