Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ्ग नियुक्त

पोखरा  :  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ्ग पुनः नियुक्त भएका छन ।उनलाई आजै प्रदेश प्रमुख सीता पौडेलले पद तथा गोपनीयताको सपथ गराएकी छिन । यस अघि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि उनले पदबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री गुरुङको राजिनामापछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको सरकार गठनका लागि दिएको अन्तिम समयमा विपक्षी गठबन्धनले नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री दावी गर्दै दावी पत्र पेश गरेका थिए ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि आवश्यक ३१ सङ्ख्या पुग्ने आँकल गरिएकोमा राष्ट्रिय जनमोर्चाका दुई प्रदेशसभा सदस्यले आफू तटस्थ रहने जनाएपछि बहुमत गुमेको छ । राष्ट्रिय जनमोर्चाले केन्द्रबाट विपक्षी गठबन्धनमा सहभागी हुने निर्णय गरेपनि तीन सदस्य रहेको प्रदेशसभाका कृष्ण थापा र खिमबिक्रम शाहीले तटस्थ बस्ने घोषणा गरेका थिए ।

संसदीय दलका नेता कृष्ण थापालाई जानकारी नदिई प्रमुख सचेतकले पार्टीको ह्वीप जारी गरेपछि बढेको विवाद अन्तत दुई खेमामा परिणत भएको छ । सचेतक पियारी थापा विपक्षी गठबन्धनको सरकार बनाउँनका लागि सक्रिय भएपनि दुई सदस्य भने तटस्थ बस्ने घोषणा गरेका थिए । विपक्षीले बैशाख २ गते संसदमा दर्ता गराएको अविश्वासको प्रस्तावमा मतदान हुने दिन राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही संसदमा उपस्थित नभएपछि संसद स्थगित भएको थियो ।

error: Content is protected !!