Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

दैलेख अस्पताललाई १५ सिलिण्डर अक्सीजन


दैलेख  :  कोरोना सङक्रमण तिब्र रुपमा बढ्दै गएपछि अस्पताललाई १५ सिलिण्डर अक्सिजन प्रदान गरिएको छ ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतको पहलमा अक्सिजन सिलिण्डर दैलेखमा पठाइएको हो ।
आइसोलेसन अस्पतालमा भर्ना भएका अधिकांश संक्रमितलाई अक्सिजन चाहिन थालेपछि दैलेखमै पनि अक्सिजनको अभाव भएपछि आफुले १५ सिलिण्डर दैलेख पठाएको अध्यक्ष बस्नेतले जानकारी दिए । उनले कोरोना महामारीको समयमा दैलेख जिल्लामा अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिएको जानकारी दिए । जन्मथलो दैलेख जिल्लाका नागरिकहरु अक्सिजन अभावका कारण ज्यान गुमाउनु नपरोस् भन्नका लागि अक्सिजन सिलिण्डर व्यवस्थापनमा लागि परेको हुँ, बस्नेतले भने दैलेख जिल्लामा थप अक्सिजन सिलिण्डर पठाउन पहल गरिरहेको छु ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले १५ थान अक्सिजन सिलिण्डर दैलेखमा ल्याई पु¥याईएको बताए । उनले कोरोना संक्रमितको उपचारमा खपत बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चर्किंदै गएपछि जिल्ला बासीको नाताले अध्यक्ष बस्नेतको पहलमा जिल्लामा १५ थान सिलिण्डर आएको र अन्य सहयोगी दाताहरुलाई समेत सहयोग गर्न रेग्मीले अनुरोध गरे ।

१५ थान अक्सिजन सिलिण्डर दैलेख अस्पतालमा आईपुगेसँगै कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीहरुलाई उपचारमा सहज हुने बताइएको छ । हाल जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय नाघिसकेको छ । ती मध्ये झण्डै २७ जना आइसोलेसनमा छन् भने अधिकाँश कोरोना संक्रमित होम आइसोलेसनमा छन् । जिल्लामा पछिल्लो चरण एक गर्भवती महिला सहित पाँच जनाको मृत्यु भईसकेको छ ।