Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा दर्ता

काठमाडौं  : माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको सम्बन्धी पत्र संसद सचिवालयमा पेश गरेको छ। समर्थन फिर्ताको पत्र आज बिहान संसद सचिवालयमा दर्ता गराएको नेता देव गुरुङले जानकारी दिए।

पार्टीको हिजो बसेको स्थायी कमिटी बैठकबाट गरिएको निर्णयअनुसार आज समर्थन फिर्ताको पत्र दर्ता गरेको नेता गुरुङले बताए। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय लगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो। तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो।

ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो। माओवादीको समर्थन फिर्तासँगै औपचारिक रुपमै सरकार अल्पमतमा परेको छ। यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने यसअघि नै बताइसकेका छन्।