Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

आइसोलेसन अस्पताल संचालनमा ल्याउदै बीरेन्द्रनगर नगरपालिका

 

सुर्खेत :  वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोरोना संक्रमितको दर र मृत्युदर बढ्दै गएपछि उपचारमा समस्या हुदाँ छुट्टै अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने तयारी भएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा कोरोनाका विरामीले अस्पतालमा बेड पाउन मुस्किल हुने अवस्था आएपछि वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अक्सिजनसहित अस्पताल संचालन गर्न लागेको नगरउपप्रमुख मोहनमाया ढकालले बताइन् ।
उनका अनुसार तत्कालै २५ बेडको सेवा सुरु गरिने छ । भने २५ बेड फेरी थप गरिनेछ । जसका लागि कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा विकास गरिनेछ ।

नगरपालिकाको निर्णय अनुसार अस्पताल संचालनको तयारी अन्तिम चरणमा रहेको उपप्रमुख ढकालले बताइन् । उनका अनुसार एकदुई दिनमै सेवा सुरु हुनेछ । उक्त आइसोलेशन अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्णाली प्रदेश अस्पतालसँग समन्वय गरिने छ ।

हालका लागि दुईजना डाक्टरहरु र एम्बुलेन्स सेवाको व्यावस्थापन गरिएको नगरपालिकाले जनाएको छ । साथै नगरपालिकाले हप्ताको दुईदिन सोमबार र शुक्रबार कोरोना परिक्षण गर्दै आएको छ ।