Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

सरकारी निर्णयको धज्जी उडाँउदै कर्णाली प्रदेश सरकारका मन्त्री

दैलेख  : कोरोनाको महामारी नियन्त्रण बाहीर जान लागको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले नागरिकलाई सचेत हुन आग्रह गरिरहेको बेला कर्णाली प्रदेशका भौतिक पूर्वधार विकास मन्त्री अम्मर बहादुर थापा सरकारी निर्णयको अवज्ञा गर्दै गाउँमा भेला गर्दै हिडेका छन । दैलेखमा समेत दैनिक २५ जना भन्दा कोरोना संङक्रमित देखिए पछि जिल्ला प्रशासनले सामाजीक दुरी र भेला,चाड,पर्व विवाह बर्तबन्धमा समेत २५ जना भन्दा बढि भेला हुन नदिन निर्देशन जारी गरेपनि नीति नियम बनाउने र जनतालाई सुरक्षित राख्न दायित्व बोकेको मन्त्री नै भेला गर्दै हिडेपछि सरकारी निर्णयको नै धज्जी उडेको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले केही दिन अघि एक सूचना जारी गदै राजनीतिक दलका भेला, भिडभाड लगायतका सभा, समारोह नगर्न आग्रह गरेको भए पनि प्रदेश सरकारका भौतिक तथा पूर्वाधार मन्त्री अमरबहादुर थापाले त्यसको अवज्ञा गर्दै जिल्लामा कहिले समानन्तर कमिटि घोषणा गर्न ब्यस्त छन भने कतै भेला गर्न ब्यस्त भएका छन ।

प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले सरकारले गरेको निर्णयको कार्यान्वयन गर्ने दायित्व सबैको भएपनि मन्त्रीले नै एक सय ५० जनाको भेला गरेको भन्ने गुनासो आफु कहाँ आएको बताए । उनले भने प्रशासनले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरेका छौँ ।, जाने बुझेका मान्छेबाट नियमको उल्लङ्घन हुनु राम्रो होइन आगामी दिनमा त्यस्तो हुन नदिन प्रयास गर्छौ ।
भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले भगवतिमाइमा आफु सडक हेर्न गएको बताएका छन् । सडक हेर्ने र सामान्य भेटघाट थियो ।, भेटघाटमा आफूले पन्ध्र÷सोह्र जना भन्दा बढी उपस्थित नहुनु भनेको थिए । मान्छेको उपस्थिति बढ्दै गए पछि केही समयमै कार्यक्रम स्थगित गरेको उनले बताए ।

जिल्लाका एक जना नेताले नाम उल्लेख नगर्ने शर्तमा भने मन्त्रीले विकास भन्दा पनि कोरोना बाड्न गाउँ गाउँ हिड््ेको आरोप लगाए । उनले मन्त्रीकै परिवारका सदस्यलाई कोरोना देखिएको छ त्यही बेला उहाँ दैलेखका आउनुभयो दैलेख बाट फर्केपछि उहाँको स्वकीय सचिव र प्रेस सल्लाहाकारलाई समेत कोरोना सङक्रमण देखिएको भन्ने सुनेको छु यस्तो बेला सजगभ एर बस्नु पर्ने मन्त्री गाउँमा हिड्नु दुर्भाग्य हो ।उनले भने उहाँ जनतालाई विकास बाड्ने नाममा कोरोना बाडिरहनु भएको छ ।

जिल्लाका ११ वटा स्थानीयतह रहेको दैलेखमा हालसम्म १ सय ३२ जना संक्रीय कोरोनाका बिरामी रहेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । जिल्लामा हालसम्म कोरोनाका कारण दैलेखमा ८ जनाको मृत्यु भइँसकेको छ ।