Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

कर्णालीमा तीन कोरोना संक्रमितको मृत्यु

दैलेख  :  कर्णाली प्रदेश अस्पतालमा उपचाररत दुईजना र जिल्ला स्वास्थ्य सेवा कार्यालयको आइसोलेसन अस्पतालमा एक जना गरी तीन जनाको कोरोना संङक्रमण बाट मुत्यृ भएको छ ।

मृत्यु हुनेमा सुर्खेत भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय एक पुरुष, वीरेन्द्रनगर नगरपालिका–१३ का ५३ वर्षीय पुरुष र दैलेखको नारायण नगरपालिका –१ का ७५ वर्षिय
पुरुषको को निधन भएको हो । भेरीगंगाका बिरामी बैशाख ५ र वीरेन्द्रनगरका विरामी बैशाख ११ गतेदेखि सो अस्पतालमा उपचाररत थिए भने दैलेखको आइसोलेसनमा उपचार गरिरहेको बिरामी १४ गते कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गरिएको थियो ।फोटो साभार