Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

गुणस्तरहिन सामाग्री प्रयोग गरेपछि काम रोक्न प्रशासनको निर्देशन

दैलेख  :  जिल्लाको नारायण नगरपालिका–६ काडाचौरमा निर्माणाधिन बसपार्कमा गुणस्तरहिन सामाग्री प्रयोग गरेको भन्दै तत्काल काम रोक्न निर्देशन दिइएको छ । काँडाचौर बसपार्क निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले तत्काल काम रोक्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापा र इन्जिनियरसहितको टोलीले सोमबार अनुगमन गर्दा गुणस्तरहीन सामग्री फेला पारे तत्काल आरसिसि ढलानको काम रोक्न निर्देशन दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरेलले बसपार्क निर्माण गर्दा प्राबिधिक स्टमेट भन्दा फरक ढंगले सामाग्री प्रयोग गरेको गुनासो आएपछि आफुुहरु अनुगमन गरी आरसिसी ढलानको काम रोक्न
निर्देशन दिएको बताए । उनले कामको अनुगमन गर्दा भने बमोजिमको सामान प्रयोग नगरिएको र गुणस्तरीयतामा समस्या देखेपछि निर्माण कम्पनीलाई बोलाएर चेतावनीसँगै बिग्रेको काम सुधार गरेपछि मात्र काम सुरु गर्न निर्देशन दिएको बताए ।

संघिय सरकारको बहुवर्षीय कार्यक्रम अन्तर्गत सुर्खेतको भवन डिभिजनमार्फत दुई सय ३० मिटर लामो, ६ मिटर चौंडा आरसिसी र दुई सय ३० मिटर पक्की नाली निर्माणका लागि एक करोड लागतमा आर जे कन्स्ट्रक्सनले ४८ प्रतिशत घटेर ठेक्का लिएको छ । असारसम्म सक्नुपर्ने कामको ढुंगा सोलिङपछि गर्नुपर्ने तीन इन्च पिसिसी निर्माणको काम अहिले नै सुरु गरिएको छ । पिसिसी निर्माणपछि सरिया राखेर आठ इन्च ढलान गर्नुपर्ने सम्झौता छ । ढलान टिकाउ बनाउन पिसिसी हुनुपर्नेमा जग नै कमजोर बनाउने काम भएको भन्दै स्थानीयले विरोध गरेका थिए ।

 

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले अनुगमनका क्रममा स्टिमेटअनुसार प्रयोग गर्नुपर्ने गिटी प्रयोग नगरिएको पाइएको छ । तीन इन्च पिसिसी नदेखिएको र खोलाको मोरङ प्रयोग गरेर गुणस्तरहीन काम भएको पाइएको बताए । काममा खटिएका कामदारले भने आफूहरूलाई जे गर्न भनिएको छ त्यही गरेको बताएका छन् । बसपार्क निर्माणमा लागेका कामदारले भनेअनुसार ‘गिटी आएको छैन, हामीले खोलाकै मोरङ प्रयोग गरेका छौँ ठेकेदारले समेत त्यही गर्नु भनेका कारण हामीले त्यसै गरेका हौ ।

स्टिमेटअनुसार काम भए–नभएकोबारे अनुगमन गर्न भवन डिभिजन सुर्खेतले एउटा ओभरसियर खटाएको छ । भवन डिभिजन सुर्खेतका इन्जिनियर रामकृष्ण आचार्यले स्टिमेटअनुसार काम नभए ठेकेदारलाई कारबाही हुने बताए । जिल्लाका ठूला विकासे कामको अनुगमन गर्न जिल्ला समन्वय समितिमार्फत प्राविधिक पठाएर अनुगमन तीव्र पारिने जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले जानकारी दिए ।

error: Content is protected !!